गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये स्याङजा र मनाङबाहेक अन्य ९ जिल्लामा ४३३ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार प्रदेशमा सबैभन्दा धेरै कास्कीमा २२१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा देखिएका २२१ मध्ये २१४ जना पोखरा महानगरका संक्रमित हुन् ।
त्यसैगरी बाग्लुङमा ५८ जना र नवलपरासी पूर्वमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा २९, लमजुङमा २७, गोरखामा ३, पर्वतमा ८, म्याग्दीमा ३२ र मुस्ताङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या २० हजार ८६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जनाको परिक्षण गरिएकोमा ५१४ जनाको रिपोर्ट नेगेटिभ र ४३३ जनाको पोजेटिभ आएको हो । त्यसैगरी आज १४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् ।
अहिले सम्म प्रदेशमा १ लाख ४९ हजार ५५७ जनाको कोराना परिक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म १७ हजार ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१७ रहेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएका छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलमिलापको नाममा वैदेशिक रोजगार पीडितहरूमाथि थप पीडा
-
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
-
सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने
-
बागमती सरकारबारे केन्द्रको निर्देशन कुर्दै एमाले
-
गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?