बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप ५४ जनाको मृत्यु, सक्रिय संक्रमित ७२ हजार नाघे

बिहीबार, २३ वैशाख २०७८, १७ : ३२
बिहीबार, २३ वैशाख २०७८

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको देखिन्छ । मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै देशमा ९०७० जनामा संक्रमण पुष्टि भएको छ । 
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।  
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप