शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको क्षेत्रपाटीबाट ६ सय २० लिटर सेनिटाइजर र अक्सिमिटर बरामद

बिहीबार, २३ वैशाख २०७८, १७ : २०
बिहीबार, २३ वैशाख २०७८

 काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले मापदण्ड विपरितका ६ सय २० लिटर सेनिटाइजर र ८ वटा अक्सिमिटर बरामद गरेको छ ।  सेनिटाइजर र अक्सिमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।  पक्राउ पर्नेमा सिरहाको लहान घर भए हाल क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेज सञ्चालन गरी बस्ने भगवान राय राजपुत रहेका छन्। 

कोरोना महामारी तिब्र बढेको बेला अक्सिमिटर अक्सिजनको लेबल नाप्न प्रयोग गरिन्छ ।  उनले ७०० मूल्य पर्ने अक्सिमिटरलाई ३ हजारमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप