मोरङमा निषेधाज्ञा जारी

विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई बढाएर जिल्लाभर लागु गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । स्थानीय प्रशासनले कोभिड १९ संक्रमण व्यवस्थापनका लागि भन्दै विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।
बैठकले कोभिड १९ को दोश्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न जिल्लाका १७ वटै स्थानीय पालिकाले १५ बेड वा सो भन्दा बढी संख्याका एक–एकवटा अस्पताल र आइसोलेसन सेन्टर तयार गरी आवश्यक स्वास्थ्यकर्मीका साथै अक्सिजनको व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै कोभिड १९ उपचार केन्द्रको पुरानो भवनमा रहेको बेड तत्काल मर्मत सम्हार गर्ने गरी सांसद विकास कोषबाट प्राप्त ३५ लाख रुपैयाँ विराटनगर महानगरपालिकालाई निकासा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ