बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा निषेधाज्ञा जारी

बिहीबार, २३ वैशाख २०७८, १७ : १५
बिहीबार, २३ वैशाख २०७८

विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ  बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

बिहीबार बसेको  जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई बढाएर जिल्लाभर लागु गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । स्थानीय प्रशासनले कोभिड १९ संक्रमण व्यवस्थापनका लागि भन्दै विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।

बैठकले कोभिड १९ को दोश्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न जिल्लाका १७ वटै स्थानीय पालिकाले १५ बेड वा सो भन्दा बढी संख्याका एक–एकवटा अस्पताल र आइसोलेसन सेन्टर तयार गरी आवश्यक  स्वास्थ्यकर्मीका साथै अक्सिजनको व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै  कोभिड १९ उपचार केन्द्रको पुरानो भवनमा रहेको बेड तत्काल मर्मत सम्हार गर्ने गरी सांसद विकास कोषबाट प्राप्त ३५ लाख रुपैयाँ  विराटनगर महानगरपालिकालाई निकासा गर्ने  निर्णय समेत बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप