मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा गिरावट

बिहीबार, २३ वैशाख २०७८, १६ : २४
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट  छ । 

२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ ।  सात कम्पनीको सेयर भाउ ९% भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप