शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु

बिहीबार, २३ वैशाख २०७८, १६ : २०
बिहीबार, २३ वैशाख २०७८

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सरकारले अघि सारेको कर वृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।   मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ । 
कोलोम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् । 

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप