शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, अब भुक्तानीहरु पूर्ण स्वचालित हुने

बिहीबार, २३ वैशाख २०७८, १६ : ०६
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । सोहि अनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ ।  

यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरू मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सक्नेछ ।

एसियन लाइफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

एसियन लाइफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप