केन्द्रीय संस्करण

सिन्धुलीमा दुई फरार प्रतिवादी पक्राउ

person explore access_timeबैशाख २३, २०७८ chat_bubble_outline0

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई  फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् ।

उनका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही रु १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए । उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई–४ स्थित बाटोमा फेला पारी निजहरुलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.