संकटमा बढी भाडा असुल्ने ३ जना राजधानीबाट पक्राउ
यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् । काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले पोखरा जाने यात्रुसँग रु.३५०० र बुटवल जाने यात्रुबाट जनही रु.६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताए ।
उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरूबाट बढि भाडा असुलेको हो ।
पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोसाकमा बिशेष टोली परिचालन गरेको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखि नियन्त्रण गर्ने गरेको छ ।
यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पनि महाशाखाले हिजो पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव