ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार
बलेवा । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।
दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।
पहिलो शिकार याम असोज–कात्तिकमा नौ नाउर र पाँच झारलको शिकार अनुमती दिइएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा चालू वर्षको दोस्रो याममा भने लक्ष्यको नजिक शिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको छ । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ग्लोबल सफारिज प्रालि र हिमालयन सफारिज काठमाडौंमार्फत शिकारी ढोरपाटन पुगेका थिए । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ ।
दोस्रो याममा अमेरिका, रुस, फ्रान्स, युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ ।
शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विभागले २०७७ चैत १० गते शिकार अनुज्ञापत्र प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन