बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्कोमा एक महिलाले ९ शिशुलाई जन्म दिइन्

बिहीबार, २३ वैशाख २०७८, १५ : २०
बिहीबार, २३ वैशाख २०७८

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।
कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । 

जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएका छन् ।  पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्य स्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् ।

जन्मिएका शिशुहरूको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । तीस हप्ताको गर्भपछि यी शिशुहरू अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले फिजिसियन विधिबाट बच्चा निकालेका थिए । 

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप