बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गायक प्रेमध्वज प्रधानको निधन

बिहीबार, २३ वैशाख २०७८, १४ : २३
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ : ४५ मा उनको न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

आज दिउँसो १.४५ बजेको समय नेपाली सुमग-संगीतको स्वर्णीम युगका कष्टकारी समय भयो , डा. प्रवीण श्रेष्ठका अनुसार उहाँलाई ठीक...

Posted by Prakash Sayami on Thursday, 6 May 2021

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप