सहयोगी मनलाई सम्मान
विगत डेढ दशक अघिदेखि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेर आफ्नो कमाईको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउँदै आएका गुल्मीका एक व्यक्तिलाई हालै उनी घर आएका बेला गाउँवासीले भव्य स्वागत र सम्मान गरेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका–५, ईन्दै्रगौडा बराह क्षेत्र घर भएका चेतन अर्याल र उनकी पत्नी ईन्दिरा अर्याललाई गाउँवासीले स्वागत तथा सम्मान गरेका हुन् ।
आर्थिक अभावका कारण उपचार नपाएका मानिसहरुलाई उपचार खर्चका लागि सहयोग गर्ने र आर्थिक सहयोग जुटाउन पहल गर्दै आएका अर्यालले जिल्लामा प्राकृतिक विपतको समयमा पनि ठुलो आर्थिक सहयोग जुटाउँदै आएका छन् ।
केही वर्ष अघि दजाकोट गाउँमा आगलागी हुँदा उनले लाखौं सहयोग जुटाएका थिए । हालै घर आएका उनले बराह क्षेत्र मन्दिरको आवासगृह निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा केही वर्षसम्म मजदूरी गरेपछि अहिले उनले जापान र काठमाडौंमा समेत आफ्नै रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।
उनीमात्र होइन, मुसिकोट नगरपालिका अन्तर्गत आँपचौर, कुर्घा, वामी र अर्लाङकोटका कयौं युवा जापान, कोरिया, युरोप र अमेरिकामा छन् । उनीहरुले विश्व सम्पर्क मञ्च गठन गरेर जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रको विकास र विपतमा परेका मानिसहरुको उद्धारमा उल्लेखनीय भूमिका निभाउँदै आएका छन् ।
मुसिकोट नगरपालिकाबाट वैदेशिक रोजगारमा पुगेका दाजुभाइ, दिदीबहिनीहरुले नगरको विकासमा ठुलो योगदान गरेको भन्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सहयोगी मनलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’