मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माता नरेन्द्र महर्जन अस्पताल भर्ना

बिहीबार, २३ वैशाख २०७८, १३ : १८
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । नेपाली फिल्मका निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन अस्पताल भर्ना भएका छन् । आफुमा कोरोना संक्रमण देखिएका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । उनको अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचार भैरहेको छ ।

कोरोनाको कारण आफु अस्पताल भर्ना भएको बताएका महर्जनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताए । महर्जन चलचित्र विकास बोर्डका पूर्व सदस्य पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप