शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले नेपालका दुई बुद्धिचाल खेलाडीको निधन

बिहीबार, २३ वैशाख २०७८, १३ : ०३
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । कोरोना संक्रमणका कारण मोरङ जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष तथा फिडे आर्विटर विजयकुमार थापाको सोमबार ६२ वर्षको उमेरमा विराटनगर हस्पिटलमा दुःखद निधन भएको छ । वि.सं. २०१५ साल मोरङमा जन्मिएका थापाले वि.सं. २०३८ र २०४० सालमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेश्रो स्थान हात पारेका थिए । 

आँखामा पट्टी बाँधी खेलिने ब्लाईनफोल्ड चेसमा समेत अब्बल रहेका थापा पछिल्ला वर्षमा विराटनगर तथा पूर्वाञ्चलका विभिन्न क्षेत्रमा बुद्धिचाल प्रशिक्षकको रुपमा अभ्यस्त रहेका थिए । उनले नेपाल तथा भारतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताहरूमा निर्णायकको रुपमा काम गरेका थिए ।


त्यस्तै,कोरोना संक्रमणकै कारण ताप्लेजुङ जिल्ला बुद्धिचाल संघका सदस्य समेत रहेका ३३ वर्षीय युवा चेस खेलाडी प्रेमराज हाङ्गम लिम्बूको गएको आइतबार दुःखद निधन भयो । १० दिन अगाडि कोरोनाको सामान्य लक्षण देखेपछि घरमै आईसोलेसनमा रहि उपचार गरिरहेका लिम्बुलाई एक्कासी गाह्रो भएपछि थप उपचारका लागि झापाको विर्तामोड लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप