केन्द्रीय संस्करण

कोरोना संक्रमणका कारण अभिनेत्री श्रीपदाको मृत्यु

person explore access_timeबैशाख २३, २०७८ chat_bubble_outline0

मुम्बई । बलिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । ‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान लिएको छ’ बहलले भनेका छन् फिल्म उद्योगका पनि कयौं मानिसको ज्यान गएको छ । यसमा श्रीपदा पनि सामेल भएकी छन् ।’

बहलले थपेका छन्, ‘श्रीपदाले दक्षिण भारतीय र हिन्दी फिल्महरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।  दुःखको कुरो हामीले एक राम्रो अभिनेत्री गुमाएका छौ । भगवानसँग प्राथना गर्दछु । उनको आत्मालाई शान्ति मिलोस्
।’
श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले पनि दुःख ब्यक्त गरेका छन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.