केन्द्रीय संस्करण

भारतमा विध्वंश मच्चिनुमा ‘डबल म्युटेन्ट’ भाइरस जिम्मेवार

person explore access_timeबैशाख २३, २०७८ chat_bubble_outline0

भारतमा गत मे महिनामा पहिलो पटक देखिएको डबल म्युटेन्ट भाइरसका कारण यति घातक कोरोनाको दोस्रो लहर निम्तिएको भारतीय सरकारले बताएको छ ।

भारतको थुप्रै राज्यमा B.1.617 स्याम्पलको भाइरस भेटिएको र यसै भाइरसको संख्या अत्यधिक रहेको छ ।

नेशनल सेन्टर फर डिजीज कन्ट्रोलका अधिकारीले यद्यपि, अहिलेसम्म पनि यीबीच पूर्ण रुपमा अन्तरसम्बन्ध स्थापित गर्न असमर्थ भएको बताएका छन् ।

डबल म्युटेन्ट त्यतिबेला हुन्छ जब दुई म्युटेशन एकै भाइरसमा समाहित हुन्छन् ।

यसका साथै भारतका शीर्ष वैज्ञानिक सल्लाहकारले भारतमा संक्रमणको तेस्रो लहर पनि निश्चित भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित एक पत्रकार सम्मेलनमा के विजयराघवनले कोरोनाको तेस्रो लहर पनि आउने बताएका छन् । उनले भनेका छन्, ‘भाइरसको संक्रमण सबैभन्दा उच्च स्तरमा छ । अहिले नै यो निश्चित भइसकेको छैन कि यो कहिले आउनेछ र कति खतरनाक हुनेछ तर हामी नयाँ लहरका लागि तयार हुनुपर्नेछ । ’

हालैको वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई धरासयी पारेको छ, अस्पतालमा बेड छैनन्, अक्सिजनको हाहाकार भइरहेको छ र समाधि स्थलको पनि अभाव भइरहेको छ ।

भारतका थुप्रै राज्यमा लकडाउन र कर्फ्यू लगाइएको छ तर सरकार देशव्यापी रुपमा लकडाउन लगाउन तयार छैन ।

डबल म्युटेन्ट भाइरस कहाँ कहाँ भेटिए ?

१३ हजार स्याम्पल सिक्वेन्स गरिएको मध्ये आठ राज्यमा ३५ सयमा चासो दिनुपर्ने भेरियन्ट फेला परेको छ ।

B.1.617​ भेरिन्ट थुप्रै राज्यमा भेटिएको बताइएको छ जसमध्ये महाराष्ट्र, कर्नाटक, पश्चिम बंगाल, गुजरात र छत्तिसगढमा बढी देखिएको छ ।

पछिल्लो एक महिनादेखि दिल्लीले संक्रमितको हालैको वृद्धिका लागि द्य।ज्ञ।टज्ञठ भेरियन्ट जिम्मेवार नभएको बताउँदै आएको थियो ।

अधिकारीले बेलायती, दक्षिण अफ्रिकी र ब्राजिलियन म्युटेशन पनि पछिल्लो वृद्धिमा जिम्मेवार नभएको बताएका थिए ।

भारतले कूल स्याम्पलिङमध्ये १ प्रतिशतभन्दा कमको सिक्वेन्सिङ गर्दै आएको छ । ‘यसको तुलनामा बेलायतले उच्च संक्रमण दरका बेला ५–६ प्रतिशतमा स्याम्पलिङ गरेको थियो । तर तपाईंले रातारात यसको क्षमतामा विकास गर्न सक्नुहुन्नँ,’ भाइरोलोजिस्ट डा. साहिद जामेलले बीबीसीसँगको कुराकानीमा भने ।

अब भारतको केन्द्र सरकारले डबल म्युटेन्ट भाइरस र उच्च संक्रमणमा सम्बन्ध रहेको बताउँदै यसबारे पूर्ण जानकारी नआइसकेको बताएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.