प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण
बिहीबार, २३ वैशाख २०७८, १२ : १९
प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा