केन्द्रीय संस्करण

खैरो हेरोइनसहित नेपालगञ्जबाट २ जना पक्राउ

person explore access_timeबैशाख २३, २०७८ chat_bubble_outline0

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट उनीहरुले सो हेरोइन ल्याएका हुन् । जमुनाहा नाकामा चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध फेला परेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.