शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माण टोलीलाई कोरोना, कार्य तालिका प्रभावित

बिहीबार, २३ वैशाख २०७८, १० : ३४
बिहीबार, २३ वैशाख २०७८

अर्थमन्त्रालयमा बजेट निर्माण टोलीमै खटिएका केहीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै बजेट निर्माण कार्यतालिका नै प्रभावित बनेको छ । बजेट पेश हुने समय २० दिन भन्दा कम छ । हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

अर्थ मन्त्रालयले १ चैतदेखि कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको थियो । बजेट निर्माण तालिकाअनुसार वैशाख २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा अर्थमन्त्रीले पेस गर्ने कार्य तालिका हो । तर आज २३ गते भइसकेको छ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश भएका छैन । 

अर्थमन्त्रालयका एक अधिकारी मन्त्रालय भित्रै ६ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएकाले त्रासकै बीच काम भएको तर कार्यतालिका अनुसार जान नसकेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप