बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

बिहीबार, २३ वैशाख २०७८, ०९ : ५८
बिहीबार, २३ वैशाख २०७८

काठमाडौंँ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । 

कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले फेरि अस्पताल भर्ना भएका हुन् ।

अक्सिजनको मात्रा कम देखिएको कारण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताए ।

‘मदन दाइको घरमा सबै संक्रमित छन् । त्यसमाथी उहाँमा पनि अक्सिजन कमी देखिएको छ’ आचार्यले भने ‘ सरसल्लाहले दाई अस्पताल भर्ना हुनु भएको हो ।’ श्रेष्ठसँग आफ्नो दैनिक ३, ४ पटक कुरा हुने भएकोले अहिले उहाँको अवस्था चिन्ता लिनुपर्ने नरहेको आचार्यको खुलाए ।

गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठ केही अगाडि मात्र डिस्चार्ज भएका थिए । अहिले फेरि उनी सोही अस्पताल भर्ना भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप