महामारीको कहालीलाग्दो समयमा जनतामाथिको धोका क्षम्य हुँदैन : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कमिसनको खेलमा कोरोना भ्याक्सिन रोकिनु जनतामाथि ठुलो धोका भएको बताएका छन् । विहीबार विहान सामाजिक सञ्जालमार्फत उनले महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठुलो धोका भन्दै प्रश्न गरेका हुन् ।
'कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?,' कोइरालाले लेखेका छन् ।
प्रधानमन्त्रीकै छत्र छायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमाथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने उनको भनाइ छ ।
कोइरालाले भने, 'पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्र छायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।'
यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै समय आएपछि जनताले यसको हिसाब गर्न उनको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा