शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

बिहीबार, २३ वैशाख २०७८, ०९ : ११
बिहीबार, २३ वैशाख २०७८

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले  अक्सिजनको अभाव हुन थालेको  बताएका हुन् ।

बुधबार साँझ ६० वटा  सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै  पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा  दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै  उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।

‘सिडिओसावलाई जानकारी गराइएको छ  । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ ,’  डाक्टर गौतमले भने –‘दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न। ’

विरामीहरु बेड अभावमा भुईँमा  लडिरहेको  दृश्य  शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले  रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार  सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए ।

'गत वर्ष अस्पताल आफैले त्यहाँ  उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो ।  त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न  नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं,’ डाक्टर गौतमले भने । 

उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप