रियललाई हराउँदै चेल्सी फाइनलमा
बिहीबार, २३ वैशाख २०७८, ०७ : २३
युरोपेली च्याम्पियन्स लिग फुटबलमा दुई इंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल पुग्ने क्रममा चेल्सीले गए राति रियल म्याड्रिडलाई २-० ले हरायो । घरेलु मैदानमा चेल्सीबाट टिमो वेर्नरले २८ र मसोन माउन्टले ८५ मिनेटमा गाेल गरे ।
समग्रमा दुई लेगको खेलमा चेल्सी ३-१ ले विजयी भएको हो । यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबउमा गत साता सम्पन्न पहिलो लिगमा १-१ गोलको बराबरी भएको थियो । २९ मेइमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा अब चेल्सीले अर्को इंलिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा पेरिस सेन्ट जर्माइनलाई ४/१ ले हराएर सिटी पहिलो पटक फाइनल पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा