शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

बुधबार, २२ वैशाख २०७८, २२ : ५६
बुधबार, २२ वैशाख २०७८

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । 

भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । 

विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्यक्त गरेका छन् । विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँगै बस्न नपाएका हुन् ।   

भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो बाइडेनले गत अप्रिल ३० मा जारी गरेका थिए भने सो आदेश यही मे ४ देखि लागु भएको छ ।  यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन । अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ ।

अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्री समेतको समस्या हुनसक्ने चिन्ता धेरैमा देखिएको अधिकारीले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप