बेलायतमा थप २७ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कुल मृतक संख्या एक लाख २७ हजार ५७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २५ हजार ९४० पुगेको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या ६० हजार ४५७ छ भने ४२ लाख ३७ हजार ९१३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शनिबार सार्वजनिक तथ्याङ्कअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १८१ छ ।
त्यस्तै, पछिल्लो तथ्याङ्कअनुसार १०८ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार २८५ छ ।
५ करोड ६ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि ५ करोड ६ लाख ८२ हजार ५६७ डोज वितरण भएको छ । तीन करोड ४७ लाख ९५ हजार ७४ जनाले खोपको पहिलो र एक करोड ५८ लाख ८७ हजार ४९३ जनाले दोस्रो डोज लिएका छन् ।
वर्ल्डओमिटरका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख ४४ हजार नाघेको छ । कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९२ हजार, ब्राजिलमा ४ लाख ११ हजार, भारतमा २ लाख २६ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख ११ हजार, फ्रान्समा एक लाख ५ हजार बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक