केन्द्रीय संस्करण

बेलायतमा थप २७ को मृत्यु, दुई हजार बढी संक्रमित

person explore access_timeबैशाख २२, २०७८ chat_bubble_outline0

लन्डन ।  बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।  योसँगै बेलायतमा कुल मृतक संख्या एक लाख २७ हजार ५७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २५ हजार ९४० पुगेको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या ६० हजार ४५७ छ भने ४२ लाख ३७ हजार ९१३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शनिबार सार्वजनिक तथ्याङ्कअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १८१ छ ।

त्यस्तै, पछिल्लो तथ्याङ्कअनुसार १०८ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार २८५ छ ।

५ करोड ६ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि ५ करोड ६ लाख ८२ हजार ५६७ डोज वितरण भएको छ । तीन करोड ४७ लाख ९५ हजार ७४ जनाले खोपको पहिलो र एक करोड ५८ लाख ८७ हजार ४९३ जनाले दोस्रो डोज लिएका छन् ।

वर्ल्डओमिटरका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख ४४ हजार नाघेको छ ।  कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९२ हजार, ब्राजिलमा ४ लाख ११ हजार, भारतमा २ लाख २६ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख ११  हजार, फ्रान्समा एक लाख ५ हजार बढीको मृत्यु भएको छ ।     

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.