बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राम्दीघाटमा २५ जना भन्दा बढी मलामी जम्मा हुन नपाइने

बुधबार, २२ वैशाख २०७८, २१ : २४
बुधबार, २२ वैशाख २०७८

 

स्याङ्जाको राम्दीघाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

बजार व्यवस्थापन समितिको बैठकले २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको समितिका सदस्य शिवहरी अमात्यले जानकारी दिए । बैठकले राम्दीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने निर्णय गरिएको उनले बताए ।

राम्दीमा धार्मिक कार्यक्रमहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको भन्दै रोकथामका लागि बजार व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप