शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा प्रहरीको हिरासतमा रहेका ५ जना बन्दीमा कोरोना संक्रमण

बुधबार, २२ वैशाख २०७८, २१ : १७
बुधबार, २२ वैशाख २०७८

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा बुधबार संक्रमण पुष्टि भएको हो ।

हिरासत कक्षमा रहेका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

उनले भने, ‘कारागार पठाउनुपर्ने बन्दीमध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’

संक्रमितहरु २२ देखि ४० वर्ष उमेर समूहको रहेका उनले बताए । संक्रमित कैदीहरुलाई जिल्ला प्रहरी कार्यालय परिसरमै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप