आन्तरिकतर्फ ४१ उद्धार उडान
काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान पनि अहिले धेरै हेलिकोप्टरको उडान छ । सबैभन्दा बढी लुक्लामा हेलिकोप्टर उडान भइरहेको छ ।
आज यती एयरलाइन्सको दुई, समिट एयरको दुई र सीता एयरको एक उडान भएको छ । त्यसैगरी हेलिकोप्टरतर्फ अल्टिच्युट एयर, सिम्रिक एयर र प्रभु हेलिकोप्टरले समान ६ उडान गरेका छन् । कैलाश हेलिकोप्टर र मनाङ एयरले समान पाँच तथा हेली एभरेष्ट, माउन्टेन हेलिकोप्टरले समान दुई उडान गरेका छन् । मनाङ एयरले तीन र एयर डाइनेस्टिले एक उडान गरेको विमानस्थलले जनाएको छ । यसअघि मङ्गलबार आन्तरिकतर्फ हेलिकोप्टरको २३ तथा नेपाल एयरलाइन्सको एक र बुद्ध एयरको दुई उडान भएको थियो ।
अन्तर्राष्ट्रियतर्फ आगमन र प्रस्थान दुबै गरी ४३ उडान भएको विमानस्थलले जारी गरेको उडान विवरणमा उल्लेख छ । त्यसअघि वैशाख २० गते विभिन्न एयरलाइन्सका ४१ उडानमार्फत सात हजार २२५ यात्रुले सेवा लिएका थिए । अन्तरराष्ट्रिय उडान २३ गते रातिदेखि स्थगित हुनेछ । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू