वीर अस्पतालले करारमा माग्यो ३ डाक्टरसहित १ सय जना स्टाफ नर्स
बुधबार, २२ वैशाख २०७८, २० : २४

काठमाडौं । वीर अस्पतालले कोरोना संक्रमित बिरामी बढेपछि उपचारमा सहज बनाउन ३ चिकित्सकसहित १ सय नर्सको विज्ञापन खोलेको छ । बुधबार अस्पतालकी निमित्त निर्देशक डा. शान्ताकुमारी सापकोटाले सेवा करारमा पदपूर्ति गर्ने सूचना जारी गरेकी हुन् ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप बृद्धि भएकोले संक्रमितहरुको उपचार र हेरचाहका लागि हालका लागि ६ महिनाका लागि करारमा डाक्टर र नर्सका लागि दरखास्त आव्हवान गरिएको छ ।
क्रिटिकल केयर विशेषज्ञ वा क्रिटिकल केयरमा अनुभव प्राप्त एनेथेसियोलोजिष्ट नवौं तहको ३ जना र स्टाफ नर्स पाँचौ तहका १ सय जना मागिएको छ । परीक्षा दस्तुर नलाग्ने र तलब स्केल नेपाल सरकारले तोके बराबर हुनुका साथै ५० प्रतिशत थप गरेर दिइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार