शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालले करारमा माग्यो ३ डाक्टरसहित १ सय जना स्टाफ नर्स

बुधबार, २२ वैशाख २०७८, २० : २४
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । वीर अस्पतालले कोरोना संक्रमित बिरामी बढेपछि उपचारमा सहज बनाउन ३ चिकित्सकसहित १ सय नर्सको विज्ञापन खोलेको छ । बुधबार अस्पतालकी निमित्त निर्देशक डा. शान्ताकुमारी सापकोटाले सेवा करारमा पदपूर्ति गर्ने सूचना जारी गरेकी हुन् । 

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप बृद्धि भएकोले संक्रमितहरुको उपचार र हेरचाहका लागि हालका लागि ६ महिनाका लागि करारमा डाक्टर र नर्सका लागि दरखास्त आव्हवान गरिएको छ ।

क्रिटिकल केयर विशेषज्ञ वा क्रिटिकल केयरमा अनुभव प्राप्त एनेथेसियोलोजिष्ट नवौं तहको ३ जना र स्टाफ नर्स पाँचौ तहका १ सय जना मागिएको छ ।  परीक्षा दस्तुर नलाग्ने र तलब स्केल नेपाल सरकारले तोके बराबर हुनुका साथै ५० प्रतिशत थप गरेर दिइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप