शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइसोलेशन सेन्टर तयार गर्नेबारे सेना र महानगरबीच छलफल

बुधबार, २२ वैशाख २०७८, १९ : ५१
बुधबार, २२ वैशाख २०७८

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका गर्न ठुलो इकाइमा आइसोलेशन सेन्टर बनाउनेबारे काठमाडौं महानगरका मेयर, नेपाली सेनाका उपत्यका पृतनापति र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।

बुधवार नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, पृतनापति (उपरथी) आनन्द अधिकारी र काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीबीच छलफल भएको हो  । साना क्वारेन्टिन र आइसोलेशन बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापनमा कठिन हुने हुनाले ठुला संरचना तयार गर्ने सहमति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र महाँकालस्थित अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्नेबारे छलफल केन्द्रित रहेको बताइएको छ । पृतनापति उपरथी अधिकारीले अक्सिजनको अभाव नभएको बताउँदै चाहेको ठाउँमा लैजान चाहिँ कठिन भइरहेको बताएका थिए ।

वीरेन्द्र सैनिक अस्पतालमा कोभिडका लागि करिब २ सय वेड स्थापना गर्न सकिनेबारे बैठकमा छलफल भएको छ । महानगरका मेयर शाक्य र उप–प्रमुख हरिप्रभा खड्गीले त्रिवि शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोभिड उपचार कक्ष बनाउनका लागी बुधवार नै निरीक्षण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप