शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई असफल बनाउन प्रचण्ड, माधव र उपेन्द्र एक ढिक्का

बुधबार, २२ वैशाख २०७८, २३ : ४५
बुधबार, २२ वैशाख २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिगर्मनका लागि एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन् ।

हात्तिवनस्थित जसपा नेपालका अध्यक्ष यादवको निवासमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीको विश्वासको मतलाई एकजुट भएर असफल पार्ने सहमत उनीहरु सहमत भएका छन् । जसपा नेपालबाट सहमतिले नै प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभने सहमति नभए २० जनाभन्दा बढी सांसद त्यसको विरुद्धमा उभिने अध्यक्ष यादवले भनेको स्रोतले जनाएको छ ।

अध्यक्ष यादवले एमालेका नेता माधवकुमार नेपालसँग भनेका थिए, ‘प्रधानमन्त्री ओलीलाई संसदमा सफल पार्ने या असफल पार्ने मुख्य शक्ति तपाईंसँग छ, उहाँले लिन लागेको विश्वासको मतलाई कसरी असफल बनाउने मुख्य जिम्मेवारी तपाईहरुसँग छ ।’

त्यसको जवाफमा एमाले नेता माधव नेपालले आफूहरु कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्दैनौं, त्यसमा ढुक्क रहन भनेका थिए । संसदमा कुन प्रकृयाबाट जाने विषयमा आफूहरुले छलफल गरिरहेको धारणा त्यो छलफलमा राखेको जसपा नेपालका एक नेताले बताए ।

काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव समूह) र जसपा नेपाल एक ढिक्का भए मात्र प्रधानमन्त्री ओलीलाई संसदमा असफल पार्न सकिने धारणा अध्यक्ष प्रचण्डको थियो । असफल पार्नका लागि एमालेको माधव नेपाल समूह जातिकै जसपा नेपालको पनि भूमिका रहने प्रचण्डको भनाइ रहेको स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप