चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी
बुधबार, २२ वैशाख २०७८, १९ : ४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।
मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने र समस्या बढाउने कार्य भएका गुनासा सुनिएको भन्दै त्यसतर्फ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’