शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट बच्न सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर

बुधबार, २२ वैशाख २०७८, १९ : ३७
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरि हालै सी.जी. ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सी.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । 

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँने कम्पनीको दावी छ । यो प्युरिफायर १० लि. को क्षमतामा बजारमा पाउनुहुनेछ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरूलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ । 

यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ ।  कम्पनीले यसको खरिदमा १२ महिनाको वारेन्टीको पनि ब्यवस्था गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप