शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निजी मेडिकल कलेजमा २ सय शय्याको कोभिड अस्पताल सञ्चालन, निःशुल्क सेवा दिने

बुधबार, २२ वैशाख २०७८, १९ : २५
बुधबार, २२ वैशाख २०७८

जनकपुर । जनकपुरधाममा एक निजी अस्पतालले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकार र प्रदेश नम्बर २ को सरकारले उपचार तथा भोककै कारण कसैलाई मर्नु नपर्ने भन्दै विभिन्न निर्णय गरिरहँदा धनुषामा एक गरिब युवाको उपचार अभावकै कारण मृत्यु भएपछि स्थानीय जानकी मेडिकल कलेजले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

उपचार नपाएर मंगलबार प्रदेश नम्बर २ को धनुषाको बटेश्वर गाउँपालिकामा ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भएको थियो । प्रदेश नम्बर २ को सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि द्रुत गतिमा काम भइरहेको बताए पनि हालसम्म सोको परिणाम देखा परेको छैन ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमणको दोश्रो लहर तीव्ररूपमा बढ्दै गइरहेको बेला धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजले संक्रमित बिरामीको उपचारका लागि औषधि र अक्सिजनको शुल्क बाहेक अन्य सबै सेवा निःशुल्क हुनेगरी उपचार गर्ने कलेजका महाप्रबन्धक श्रीप्रष्ट पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हामीसँग दुई सय शय्याको अस्पताल तयारी अवस्थामा छ । बुधबारबाट २० शय्याको अक्सिजनसहितको र ६ शय्याको भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका हौँ ।’ तत्काल अक्सिजन अभाव रहेको र आफूहरुसँग आइतबारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप