शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन हुने

बुधबार, २२ वैशाख २०७८, १९ : ०४
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ । माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उप चुनावको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ । 

वागमती प्रदेशमा रामबहादुर थापा बादलको ठाउँमा जेठ ६ गते उप चुनाव हुँदैछ ।  संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उप चुनाव गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उप चुनावको मिति तय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप