शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एसएसपी तामाङको गीत ‘आमा’ सार्वजनिक

बुधबार, २२ वैशाख २०७८, १७ : ४४
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्द रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा दीपा लामाको स्वर रहेको छ । पावल चाम्लिङको कम्पोज रहेको गीतमा एरेन्ज चाँद सिंहले गरेका हुन् ।
गीतको भिडियोमा सौजन सुब्बा रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚ भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईको अभिनय देख्न सकिन्छ ।

आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन भन्ने बिषयले गीतले प्रस्तुत गरेको छ । नरेन मोक्तानको छायाँकन रहेको भिडियो देवजंग थापाले निर्देशन गरेका हुन् । गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघि सरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत बाहिर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप