निषेधाज्ञा उल्लङ्घन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा
बुधबार, २२ वैशाख २०७८, १७ : ३०
सुर्खेत प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउन पर्नेमा वीरेन्द्रनगरपालिका –३ बस्ने घनश्याम केसी, आकास देवकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, बिनय बुढा, आकास प्याकुरेल र कबिर खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा लागु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी