रेकर्ड ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौँ उपत्यकामात्र ३८२५ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौँमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् । प्रदेश १ मा झापामा २६९ र मोरङमा २०६ जना संक्रमित थपिएका छन् भने प्रदेश २ मा पर्सामा १५२ र धनुषामा १४९ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कास्कीमा २८४, लुम्बिनी प्रदेशमा बाँकेमा ५९१ र रुपन्देहीमा ६८० जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा सुर्खेतमा सर्वाधिक १५४ जना संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा कैलालीमा १४५ र कञ्चनपुरमा १४० जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप १९९३ जना निको भएका छन् । नेपालमा निको हुने नर ८०.६ प्रतिशत रहेको छ । यही अवधिमा थप ५८ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी