बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सक्किगोनी’ का कलाकार दीपकलाई कोरोना संक्रमण

बुधबार, २२ वैशाख २०७८, १५ : ५७
बुधबार, २२ वैशाख २०७८

काठमाडौंँ । हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ’ आचार्यले अगाडि लेखेका छन्– ‘म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’

आचार्यले केही दिनयता आफुसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् ।  यो महामारी सोचेजति सामान्य नरहेको बताएका आचार्यले थपे, ‘सबै मिलेर अवश्य पनि यसलाई जित्नेछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप