शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन्धाराको होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बुधबार, २२ वैशाख २०७८, १५ : ३८
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय ती युवक गोरखाका एक स्कुलका शिक्षक भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

सोही स्कुलमा पढ्ने एक किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।

मंगलबार बिहान पक्राउ परेका ती युवकमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप