बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

सभामुखका कारण समस्या आयोः पौडेल
बुधबार, २२ वैशाख २०७८, १४ : ४७
बुधबार, २२ वैशाख २०७८

गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छन् । सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेपछि उनले बुधबार पदभार ग्रहण गरेकी हुन् । 
सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।

प्रमुख पौडेलले आज ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुनन् । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् । 

उनले संविधान र कानुनको परिधिभित्र रहेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच समन्वायत्मक भूमिका खेल्ने बताइन् । 
उनले प्रदेशका सवै राजनैतिक पार्टीसँगको समन्वयमा मिलेर अगाडि बढ्ने बताउँदै हाल विकसित घटनासँगै अवरुद्ध भएको संसदलाई निकास दिन तत्कालै पहल गर्ने बताइन् । 

उनले गण्डकी प्रदेशसभाको बैठक सभामुखले सवै राजनैतिक दलहरुको सल्लाहविना नै स्थगित गरेकाले समस्या आएको बताउँदै त्यसका लागि अब, आफूले समन्वात्यमक भूमिका खेल्ने समेत बताइन् ।
उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप