बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु

बुधबार, २२ वैशाख २०७८, १४ : १५
बुधबार, २२ वैशाख २०७८

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सेनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।

त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जनाए ।

त्यस्तै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप