बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुधबार, २२ वैशाख २०७८, १३ : ३७
बुधबार, २२ वैशाख २०७८

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका–७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप