बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्कोरपियो दुर्घटना एक जनाको मृत्यु

बुधबार, २२ वैशाख २०७८, ११ : ५२
बुधबार, २२ वैशाख २०७८

दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रोल्पाबाट घोराही  आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा  दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता  डिल्ली नारायण पाण्डेयले बताए ।

उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ बर्षिय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षिय बसन्त भण्डारी घाइते भएका छन्  । घाईतेहरुलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप