आरडीटी परीक्षणमा गण्डकीका मुख्यमन्त्रीमा कोरोना पोजेटिभ देखियो
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमणको आशंका गरिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
कोभिड संक्रमण पत्ता लगाउन किट प्रविधिमा गरिने आरडिटी परीक्षण आरडीटी हो ।
मुख्यमन्त्री गुरुङले टाउको दुखाइ र ज्वरो बढेपछि गरिएको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट समेत गराएका छन् । पीसीआर परिक्षणको रिपार्ट आज आउने बताइएको छ ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ आएको जानकारी दिए । उनले आरडिटी पोजेटिभ आएपछि पीसीआर परिक्षणका लागि स्वाब दिएपनि रिपोर्ट नआएको बताए ।
संयोजक न्यौपानेलाई समेत कोरोना संक्रमण देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेका संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । गण्डकी प्रदेशमा संसद चलिरहेको अवस्थामा यही बैशाख १५ गते जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएपछि अवरुद्ध भएको संसद सुचारु गर्न मुख्यमन्त्री गुरुङ सहित पाँच दलको बैठक मंगलबार बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’