आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्सामा एक कोरोना संक्रमित वृद्धको मृत्यु

बुधबार, २२ वैशाख २०७८, ११ : २२
बुधबार, २२ वैशाख २०७८

पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए । 
स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते  परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको बताए ।

कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको डा. दासले बताए ।
एक वृद्धको मृत्युसँगै पर्सामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप